Rajshow Bivag

कतारले टोकियो ओलम्पिक २०२०मा पहिलो स्वर्ण पदक जितेको छ

फारेज अल बाखले दुई कीर्तिमान राख्दै

Departmant of helth services

एजेन्सीः कतारले टोकियो ओलम्पिक २०२०मा पहिलो स्वर्ण पदक जितेको छ ।

भारोत्तोलनका फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् ।

२०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका बाखले ९६ केजी तौल समूहमा प्रभावशाली प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् ।

क्लिन एन्ड जर्कमा उनले २ सय २५ केजी उचाल्दै नयाँ आयाम दिएका थिए ।

akhabarnepal.com

कतारले टोकियो ओलम्पिक २०२०मा उनले कुल ४ सय २ केजी उचाले ।

‘यो ओलम्पिकमा स्वर्ण जित्न पाएकोमा निकै सम्मानित भएको महसुस गरेको छु,’ २३ वर्षे अल बाखले भने, ‘मेरो प्रदर्शन राम्रो रहेको महशुस मैले गरेको छु ।’

उनले जितेको यो पदक कतारको ओलम्पिकमा केवल छैटौं र भारोत्तोलनमा दोस्रो हो ।

सिड्नी ओलम्पिकमा सैफ असादले १ सय ५ केजीमा कतारलाई कांस्य पदक दिलाएका थिए ।

बाखलाई चुनौती तेर्स्याउने क्रममा भेनेजुएलाका केयडोमार सान्चेजले रजत र एन्टोन प्लिइसनोइले कांस्य पदक जिते ।

बाखले अन्तिम लिफ्टमा विश्व कीर्तिमानका लागि २ सय ३२ केजी उचाल्ने प्रयास गरेका थिए, त्यसमा उनी असफल रहे ।

यो पनि पढ्नु होस्ः

३२औं ग्रीष्समाकाली खेलकुद टोकियो ओलम्पिकमा आज २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...