टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक चीनियाँ याङ कियनले जितिन्
स्वर्ण आफैंले गलामा झुन्ड्याइन्
वि.सं.२०७८ साउन ९ शनिवार १३:४२
एजेन्सीः टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक चीनियाँ सुटर याङ कियनले जितेकी छिन् ।
यी खेलाडीले आफ्नो स्वर्ण आफैंले गलामा झुन्ड्याइन् ।
विगतका संस्करणहरुमा विजेतालाई विशिष्ट अतिथीहरुले पदक पहिराइ दिन्थें ।
यसपटक कोरोना भाइरसका कारण टोकियो ओलम्पिकमा नियम परिवर्तित भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले किस्तीमा हालेर मेडल उनलाई हस्तान्तरण गरे ।
उनले त्यो मेडल आफैंले पहिरिइन् ।
जारी ओलम्पिकमा खेलाडीहरुले आफैं मेडल झुन्ड्याउनेछन् ।
याङले १० मिटर राईफलतर्फको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् ।
यस खेल हेर्नका लागि सर्वसाधारणलाई प्रवेश थिएन ।
खेलको भेन्युमा रक म्युजिक बजिरहेको थियो ।
चिनियाँ ओलम्पिक टोलीका कर्मचारीहरु याङलाई बधाई दिन उपस्थित थिए ।
निकै कडा प्रतिस्पर्धामा रुसकी अनास्तताशिया गालासिन्हालाई अन्तिम राउन्डमा हराएर उनले स्वर्ण जितेकी हुन् ।
‘म यो जीतबाट अत्यन्तै खुसी र गर्वित छु’ २१ वर्षीय याङले भनिन्
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ साउन ९ शनिवार १३:४२