YouTube Link

तपाईको ल्यापटप वा डेस्टटपको विन्डोज स्पीड यसरी बढाउनुहोस्

Facebook Link

 

एजेन्सीः हामीले प्रयोग गर्दै आएको ल्यापटप वा डेस्टटपको स्पीड केही समयपछि विस्तारै स्लो हुँदै जान्छ ।

 

हामीले खरिद गरेको नयाँ ल्यापटप वा कम्प्युटरमा प्रत्येक दिन आउने नयाँ सफ्टवयेर तथा विन्डोज अपडेटले पनि स्लो बनाउने गरेको हुन्छ ।

 

त्यसकारण कम्पुटर किन्दा हामीले सकेसम्म उच्च क्षमताको किन्नु जरूरी हुन्छ । बजारमा विभिन्‍न ब्राण्ड र मूल्यका ल्यापटपहरू उपलब्ध हुन्छन् ।

 

हाल धेरै जसो कम्प्युटरहरू विन्डोज १० अपरेटिङ सिस्टममा आधारित हुन्छन् । हामीले यसमा काम गर्दै जाँदा कतिपय अवस्थामा यसमा अनावश्यक फाइलरू जम्मा भएका हुन्छन् जसलाई कतिपय अवस्थामा डिलिट गर्दा समेत स्पीड बढ्न जाने हुन्छ ।

 

कम्पुटर छिटो बनाउने केहि प्रक्रियाहरू:

डिस्क क्लिकअप गर्नुहोस्

तपाईंको कम्प्युटरमा भएका सबै फाइलहरू आवश्यक नहुन सक्छन् । त्यस्ता अनावश्यक फाइलहरू डिलिट गर्ने गर्नुभयो भने तपाईंको कम्प्युटरलाई छिटो चल्ने हुनसक्छ । यसका लागि निम्नअनुसार गर्नुहोस् ।

– ओपन माइ कम्प्युटरमा जानुहोस् ।

– सी ड्राइभमा राइट क्लिक गर्नुहोस् ।

– त्यहाँ रहेको प्रोपर्टीमा जानुहोस् ।

– अब डिस्क क्लिनअप अप्सनमा क्लिक गर्नुहोस् । यसले केही समय लिनेछ ।

 

त्यसपछि क्लिनअप सिस्टम फाइलमा क्लिक गर्नुहोस् । यति सबै प्रकृया पुरा गरिसकेपछि कम्प्युटरलाई एकपटक बन्द गरेर खोल्नुहोस् ।

 

टेम्पोररी फाइल डिलिट गर्नुहोस्

कम्प्युटर तथा ल्यापटपको प्रयोग गर्दै जाँदा विभिन्न प्रोग्रामले अनेक फाइलहरू तयार पारेका हुन्छन् । तर, काम सम्पन्न भइसक्दा समेत त्यस्ता अस्थायी फाइलहरू कम्प्युटरमै बसिरहेका हुन्छन् ।

जसले कम्प्युटरको स्पीड कम हुन जान्छ । तलको तरीका अपनाएर यसलाई फाल्नुहोस् ।

– किबोर्डमा विण्डो बटनसँगै आर थिच्नुहोस् ।

– अब त्यहाँ %temp% टाइप गर्नुहोस् ।

– कन्ट्रोल बटनसँगै ए दबाएर सबै फाइल सेलेक्ट गर्नुहोस् र राइट क्लिक गरी डिलिट गर्नुहोस् ।

– फेरी अघि जस्तै विण्डोसँगै आर बटन दबाउनुहोस् ।

– त्यहाँ prefetch टाइप गर्नुहोस् र कन्टिन्युमा क्लिक गरी अगाडि बढ्नुहोस् ।

– अब त्यहाँ रहेका सबै फाइल सेलेक्ट गरी डिलिट गर्नुहोस् ।

अटो रन प्रोग्राम बन्द गर्नुहोस्

कम्प्युटर तथा ल्यापटप अन गर्ने वित्तिकै स्वतः स्टार्ट हुने प्रोग्रामहरूले तपाईंको कम्प्युटरको स्पेस प्रयोग गरिरहेका हुन्छन् । जसले गर्दा तपाईंलाई आवश्यक प्रोग्रामले सजिलै रुपमा काम गरिरहेको हुँदैन ।

यसका लागि तलको प्रक्रियाबाट अटो स्टार्ट हुने प्रोग्रामहरू बन्द गर्न सक्नुहुन्छ ।

– यसका लागि अल्ट, कन्ट्रोल र डिलिट बटनलाई एकसाथ थिच्नुहोस् ।

–  टास्क म्यानेजरमा प्रवेश गर्नुहोस् ।

– त्यहाँ माथि लहरै दिइएका अप्सनहरूमध्ये स्टार्टअपमा क्लिक गर्नुहोस् ।

– त्यहाँ तपाईंले अटो स्टार्ट हुने एपहरूको सूची देख्न सक्नुहुनेछ । त्यसमा गएर माइक्रोसफ्ट प्रोग्राम तथा एन्टीभाइरस बाहेक सबै प्रोग्रामलाई अटो स्टार्ट हुनबाट रोक्नुहोस् ।

– त्यसका लागि सम्बन्धित प्रोग्राममा क्लिक गरी पुछारमा रहेको डिसेबलमा क्लिक गर्नुहोस् ।

– यसको साटो सम्बन्धित प्रोग्राम चयन गरी राइट क्लिकमार्फत समेत निश्चित प्रोग्रामको अटो स्टार्ट इनेबल तथा डिसेबल गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले आफ्नो कम्प्युटरको स्पीड बढाउन सक्नुहुन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...