प्रधानमन्त्रीको स्वास्थ्यका कारण नेकपा अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण स्थगित
वि.सं.२०७६ मंसिर १७ मंगलवार ०९:२६
1.1K
sharesकाठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिका कारण नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमण स्थगित गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँग भेट गरेको भोलिपल्ट दाहालले चिनियाँ राजदूतलाई बोलाएर आफू चीन जान नसक्ने जानकारी गराउनुभएको हो ।
नेकपा अध्यक्ष दाहाल ६० सदस्यीय नेकपाका नेताहरुको अगुवाई गर्दै मंसिर २४ गते चीन जाने कार्यक्रम थियो । चीनमा नेकपाका नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न अवलोकनहरु गर्ने कार्यक्रम थियो । दाहालले कार्यक्रमको उदघाटन गरेर बीचैमा र्फकने गरी जान तयारी गर्नुभएको थियो ।
तर, सोमबार प्रधानमन्त्री ओलीलाई भेटेपछि उहाँले मंगलबार चिनियाँ राजदूतसँग आफू भ्रमणमा जान नसक्ने बताउनुभएको हो । प्रधानमन्त्री ओली विरामी अवस्थामा अस्पतालमा रहेको हुनाले यस्तो बेलामा विदेश जानु उपयुक्त नहुने नेकपाका शीर्ष नेताहरुवीच छलफल भएपछि दाहालले चिनियाँ राजदूतलाई परिस्थितिबारे जानकारी गराएको नेकपाको उच्च स्रोतले बताएको छ ।
यसैवीच, एपेन्डिसाइटिसको अप्रेशन गरेर अस्पतालमै आराम गरिरहनुभएका प्रधानमन्त्री ओलीको मृगौला रि-ट्रान्सप्लान्ट गराउने निश्कर्षमा नेकपाका नेताहरु पुगेका छन् । तर, मृगौला प्रत्यारोपणका लागि विदेश लैजाने कि नेपालमै गराउने भन्ने विषयमा भने निर्णय भइनसकेको नेकपा स्रोतले बताएको छ । ‘गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेको हुनाले अब डेढ/दुई सातासम्म प्रधानमन्त्रीले बेडकै आराम गर्नुहुनेछ ।
वि.सं.२०७६ मंसिर १७ मंगलवार ०९:२६