YouTube Link

दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको शानदार सुरुवात, पहिलो दिन १५ स्वर्णसहित २४ पदक

Facebook Link

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद सागको दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ वटा स्वर्ण जितेको छ । नेपालले १५ स्वर्ण जित्ने क्रममा कराँते र तेक्वान्दोबाट ७-७ स्वर्ण र ट्रायथोलनमा १ स्वर्ण हात पारेको हो ।

यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ । यो संगै नेपाल सागको दोस्रो दिन १५ स्वर्ण सहित शिर्ष स्थानमा रहेको छ । नेपालले कराते तर्फ मात्र सात स्वर्ण जितेको छ । ९ प्रतिस्पर्धामा नेपालले सात स्वर्ण हात पारेको हो । अन्तिम स्वर्णका रुपमा अनु अधिकारीले पदक हात पारिन् । उनले श्रीलंकाकी डोनलाई आठ शुन्यको स्कोरमा हराइन् ।

कराँतेको कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएका छन । पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । यसका साथै मण्डे एकै सागमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपाली टिमले फाइनलमा श्रीलंकालाई हराएको थियो । नेपाली टिममा मण्डेसँगै महसुस मानन्धर र प्रविन महर्जनले नेपाललाई स्वर्ण दिलाए । करातेमा पुरुष एकल कातामा पनि मण्डेले पाकिस्तानी खेलाडीलाई हराँउदै स्वर्ण जितेका थिए ।

टिम कातामा नेपालका लागि निर्मला तामाङ, सरु कार्की, संगिता मगरले स्वर्ण चुमीन् । नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधिजित्न सफल भयो । यस्तै करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जिते । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे । यस्तै ८४ केजी माथिको तौल समुहमा विप्लबले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जिते । कुमुतेको ४५ केजी मुनीको तौल समुहमा कुशुम खड्काले बंगलादेशका मोउन्जेरा बोर्नालाई तीन दुईको अंकमा हरायो । महिला एकल कातमा चन्चला दनुवार र ८४ केजी तौल समुहमा दिवस श्रेष्ठ रजतमा सिमित बने ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...