YouTube Link

दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको शानदार सुरुवात, पहिलो दिन १५ स्वर्णसहित २४ पदक

Khanepani Dhal
Facebook Link

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद सागको दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ वटा स्वर्ण जितेको छ । नेपालले १५ स्वर्ण जित्ने क्रममा कराँते र तेक्वान्दोबाट ७-७ स्वर्ण र ट्रायथोलनमा १ स्वर्ण हात पारेको हो ।

यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ । यो संगै नेपाल सागको दोस्रो दिन १५ स्वर्ण सहित शिर्ष स्थानमा रहेको छ । नेपालले कराते तर्फ मात्र सात स्वर्ण जितेको छ । ९ प्रतिस्पर्धामा नेपालले सात स्वर्ण हात पारेको हो । अन्तिम स्वर्णका रुपमा अनु अधिकारीले पदक हात पारिन् । उनले श्रीलंकाकी डोनलाई आठ शुन्यको स्कोरमा हराइन् ।

कराँतेको कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएका छन । पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । यसका साथै मण्डे एकै सागमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपाली टिमले फाइनलमा श्रीलंकालाई हराएको थियो । नेपाली टिममा मण्डेसँगै महसुस मानन्धर र प्रविन महर्जनले नेपाललाई स्वर्ण दिलाए । करातेमा पुरुष एकल कातामा पनि मण्डेले पाकिस्तानी खेलाडीलाई हराँउदै स्वर्ण जितेका थिए ।

टिम कातामा नेपालका लागि निर्मला तामाङ, सरु कार्की, संगिता मगरले स्वर्ण चुमीन् । नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधिजित्न सफल भयो । यस्तै करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जिते । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे । यस्तै ८४ केजी माथिको तौल समुहमा विप्लबले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जिते । कुमुतेको ४५ केजी मुनीको तौल समुहमा कुशुम खड्काले बंगलादेशका मोउन्जेरा बोर्नालाई तीन दुईको अंकमा हरायो । महिला एकल कातमा चन्चला दनुवार र ८४ केजी तौल समुहमा दिवस श्रेष्ठ रजतमा सिमित बने ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...