प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार, आज बिहान भेन्टिलेटरबाट हटाइयो
वि.सं.२०७६ मंसिर ११ बुधवार १०:०७
717
sharesकाठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । मंगलबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अपरेसनपछि अस्पतालको सघन कक्षमा चिकित्सकको निगरानीमा रहेका ओलीलाई आज बिहान भेन्टिलेटरबाट हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा हिजो ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अचानक पेटमा समस्या देखिएपछि हिजो बिहान प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्याइए थियो । एपेन्डिसाइटिस भएपछि उहाँको शल्यक्रिया गरिएको हो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।
वि.सं.२०७६ मंसिर ११ बुधवार १०:०७