YouTube Link

टी-२० विश्वकप: नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

Facebook Link

काठमाडौं: टी-२० विश्वकप अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दैछ । मुम्बईको वानखडे रंगशालामा दिउँसो ३:१५ बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसाथ मैदानमा उत्रनेछ ।

 

इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना गर्न लागेको हो । इङ्लिस कप्तान ह्यारी ब्रुकले नेपाललाई कमजोर नसोचेको प्रिम्याच प्रेस कन्फरेन्समा बताएका छन् । घरेलु क्रिकेटमा सम्पन्न इङ्ल्यान्डसँग सबै डिपार्टमेन्टमा उत्कृष्ट खेलाडी छन् ।

 

मुम्बईको मैदान फास्ट बलरहरूका लागि सहयोगी मानिन्छ । यो मैदानमा धेरै स्विङ हुने भएकाले नेपालका लागि सोमपाल कामी र करण केसी प्रमुख हतियार हुनेछन् । यस्तै नन्दन यादवको प्रदर्शन खेलको केन्द्रमा रहनेछ । ७० मिटर बाउन्ड्री रहेको मैदानमा उच्च स्कोरको खेल हुने अपेक्षा गरिएको छ । ब्याटिङमा विश्ववरीयताको दोस्रो स्थानका रहेका फिल सल्ट र तेस्रो स्थानका जस बटलर नेपालका लागि ठूलो चुनौती हुन् ।

 

नेपालको ब्याटिङ स्ट्रेन्थ भने ओपनर आशिफ शेख र कुशल भुर्तेलसँगै सन्दीप जोरा र लोकेश बमले आक्रामक खेल्न सक्छन् वा सक्दैनन् भन्नेमा निर्भर गर्छ । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीबाट जिम्मेवारीपूर्ण अलराउन्ड प्रदर्शनको आशा गरिरहँदा गुल्सन झाले क्यामियोमा राम्रो गर्न सक्नेछन् ।

 

इङ्ल्यान्ड ९ पटक विश्वकपमा सहभागी हुँदा उसले सन् २०१० र २०२२ मा उपाधि जितेको थियो । हरेक पटक शीर्ष ८ मा परेको टोलीसँगको प्रतिस्पर्धा नेपालका लागि कठिन नै हुनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...