YouTube Link

सामाजिक सञ्जाल र युट्युबमाथि प्रेस काउन्सिलको निगरानी

Facebook Link

काठमाडौं: सामाजिक सञ्जालमार्फत गलत, भ्रमपूर्ण र पेसागत मर्यादाविपरीत सामाग्री तीव्र रूपमा बढ्दै गएको भन्दै प्रेस काउन्सिल नेपालले निगरानी बढाएको छ । काउन्सिलले पछिल्लो समय युट्युब च्यानल, फेसबुक पेज र मिडिया जस्तो देखिने तर दर्ता नगरेका विभिन्न डिजिटल प्लेटफर्मको विशेष अनुगमन गर्दै कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको हो ।

 

काउन्सिलका अनुसार सामाजिक सञ्जालका कतिपय च्यानल र पेजले आफूलाई मिडिया दाबी गर्दै भ्यूअर बढाउने उद्देश्यले निराधार, अफवाहपूर्ण, गालीगलौजयुक्त र सनसनीपूर्ण सामग्री प्रसारण गरिरहेका छन् । ती सामग्री राष्ट्रियता, सामाजिक सद्भाव र सार्वजनिक शिष्टताविपरीत रहेको, हिंसा र उत्तेजनालाई समेत बढावा दिने खालका थुप्रै अभिव्यक्ति भेटिएको काउन्सिलको अनुगमनले देखाएको छ ।

 

काउन्सिलले यस्ता सामग्री मिडियाको नाममा कानुनी प्रक्रियाबिना सञ्चालन भइरहेका कारण प्रचलित फौजदारी कानुनसम्म लागू हुन सक्ने चेतावनी दिएको छ । गलत अभिव्यक्ति, अतिरञ्जित शीर्षक तथा भ्रामक थम्बनेलमार्फत जनमानसलाई भ्रमित पार्ने प्रवृत्तिमाथि कडा निगरानी गरिएको काउन्सिलले जनाएको छ । अनुगमनसँगै यस्ता सामग्री विरुद्ध आवश्यक कारबाहीका लागि काउन्सिलले सम्बन्धित निकायमा पत्राचार समेत सुरु गरिसकेको छ । काउन्सिलले सरोकारवालासँग समन्वय गरी सामाजिक सञ्जालको दुरुपयोग रोक्न र समस्या व्यवस्थापनका लागि निरन्तर सहजीकरण गरिरहेको छ ।

 

सञ्चारकर्मी तथा सञ्चार माध्यमका आधिकारिक पेजमा पनि आपत्तिजनक सामग्री देखा परेकाले काउन्सिलले प्रवृत्तिगत अध्ययन तथा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जातजाति, धर्म, सम्प्रदाय, राष्ट्रियता, नैतिकता र सार्वजनिक मर्यादामाथि आघात पुग्ने सामग्री प्रसारण नगर्न/नगराउन काउन्सिलले सबैलाई प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

 

काउन्सिलले डिजिटल वा परम्परागत माध्यम जसले भए पनि कानुनअनुसार दर्ता, अभिलेख अद्यावधिक र पेसागत आचारसंहिताका मान्यताअनुसार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिएको छ । मिडियाको रूपमा सञ्चालन हुने संस्थाले आफ्नो सामग्री नीतिबारे स्वघोषणा गर्ने व्यवस्थामाथि पनि काउन्सिलले ध्यानाकर्षण गराएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...