YouTube Link

साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशित

Khanepani Dhal
Facebook Link

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट निष्काशन गरेको हो ।

 

रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

 

उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो । उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो । ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक-पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...