YouTube Link

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुने

Khanepani Dhal
Facebook Link

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय च:मतिमा सुरू भएको छ । केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ ।

 

यसअघिको बैठकमा उनलाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो । त्यसअघि पनि उनलाई स्पष्टीकरण सोधिइसकेको छ । पार्टीको प्रतिवेदन मिडियामा चुहाएको, पार्टी हितविरूद्ध गतिविधि गरेको भन्दै उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ । उनलाई अब रास्वपाका साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लागिएको हो ।

 

यस्तै आज बस्ने बैठकले स्थानीय छाया सरकार सञ्चालनबारे कार्यविधि बनाउने छ । पार्टीका आधारभूत संगठन बलियो बनाउन र संगठनात्मक प्रभावकारिताका लागि रास्वपाले स्थानीय तहमा छाया सरकार बनाउन लागेको हो । बैठकले समसामयिक पार्टी गतिविधिबारे पनि छलफल गर्नेछ ।

 

यसअघिको पार्टीको दुई दिने कार्यशालाले राष्ट्रिय भेला गर्न सुझाव दिएको थियो । जसअनुसार केन्द्रीय समितिले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने निर्णय गरिसकेको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...