YouTube Link

दुई तिहाइ समर्थन जुटाउने गृहकार्यमा प्रधानमन्त्री ओली

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा दुई तिहाइ समर्थन जुटाउने गृहकार्यमा जुटेका छन् । नेकपा एमालेका अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका हुन् । उनले आगामी ६ साउनमा विश्वासको मत लिँदै छन् । संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

 

सोही प्रावधान अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनुभन्दा अघि प्रधानमन्त्री ओलीले अन्य साना दलहरूसँग छलफल गर्दै छन् । कांग्रेसको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ३१ असारमा शपथ ग्रहण गरेका थिए । संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्रीको शपथलगतै उनले २२ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरिसकेका छन् ।

 

प्रधानमन्त्री ओलीसँग प्रतिनिधि सभामा दुईतिहाइ बहुमत देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी छन् । प्रतिनिधिसभामा कांग्रेसका ८८, एमालेका ७९ (सभामुखसहित), जसपाका ७ र लोसपा ४ सांसद गरी १७८ जना छन् । जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि सरकारलाई समर्थन गर्ने बताएका छन् ।

 

सबै मन्त्रालयको भागबण्डा टुंगिएर २२ सदस्यीय मन्त्रिपरिषद् गठन पनि भइसकेको छ । संसद्का सबैभन्दा ठूला दुई दल मिलेकाले प्रधानमन्त्री ओलीसँग सुविधानजनक बहुमत छ । अन्य साना दलहरूलाई समेत समेटेर ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी थालेका छन् ।

 

कांग्रेस र एमालेले असार १७ गते सहमति गर्दै मुलुकलाई स्थायित्व दिने भन्दै गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेका थिए । त्यही सहमतिबमोजिम ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्रीले ६ गते संसदबाट देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनवाइ पनि हुँदैछ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ साउन ३ शनिवार ०६:१७

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

वि.सं.२०८२ साउन २ शुक्रवार १८:३६

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि...

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ साउन २ शुक्रवार ०६:३३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वि.सं.२०८२ असार ३२ बुधवार १३:१७

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

वि.सं.२०८२ असार ३२ बुधवार ११:३६

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११...