YouTube Link

नेपाल प्रेस युनियनले लगायो पत्रकार महासंघ काठमाडौं शाखामा ताला

Facebook Link

 

काठमाडौं: नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालावन्दी गरेको छ । पत्रकार महासंघ काठमाडौं शाखाले सक्रिय पत्रकारहरुलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरुको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन काठमाडौं शाखाले उपाध्यक्ष रोमन आचार्यको नेतृत्वमा महासंघ काठमाडौं शाखामा आज तालाबन्दी गरेको हो ।

 

‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर भएको सदस्यताको नामावलीप्रति नेपाल प्रेस युनियन काठमाडौ शाखाको गम्भीर असहमति छ’ उपाध्यक्ष आचार्यले भने । उपाध्यक्ष आचार्यले महासंघको सदस्यता सुद्धिकरणका नाममा धेरै सक्रिय पत्रकारहरुलाई बाहिर राखेर सार्वजनिक गरिएको नामावलीप्रति युनियनको असहमति रहेको बताए । ‘अहिले आएको सूचीप्रति हाम्रो असहमति छ, हामीलाई मान्य छैन, पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा अघि नवीकरण गरेकाहरुको पनि सुद्धिकरण हुनुपर्छ’ आचार्यले भने ।

 

प्रेस युनियन काठमाडौं शाखाले महासंघ काठमाडौ शाखाको नयाँ सदस्यता महासंघ केन्द्रबाट प्रकाशित नामावलीमा उल्लेख नभएकोमा चिन्ता व्यक्त गरेको छ । ‘प्रेस युनियन काठमाडौ शाखा प्रक्रिया पूरा गरेर आएका नयाँ सदस्यलाई पनि निर्वाचनमा सहभागी गराइनु पर्छ भन्ने मान्यता राख्दछ । सदस्यता आह्वान गरेर प्रक्रिया पूरा गर्दै आएका पत्रकारहरुलाई महासंघको सदस्यताबाट बञ्चित गरिनु हामीलाई मान्य छैन । यस्तै महासंघको प्रकाशित सदस्यता नामावलीमा केही गैह्र पत्रकारहरुको नामावली रहेको गुनासो समेत आइरहेको हुँदा त्यस्ता नामावलीको सही र पारदर्शी तरिकाबाट छानविन होस भन्ने हाम्रो माग छ । यी माग पूरा नहुँदासम्म प्रेस युनियन काठमाडौ शाखा यो तालाबन्दी कायम राख्दछ।’ प्रेस युनियन काठमाडौं शाखाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

युनियन काठमाडौं शाखाले गरेको तालाबन्दी कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, युनियनका केन्द्रीय सचिव लालकुमार मुक्तानसहित जिल्ला शाखका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...