स्वयमसेवकको रुपमा सडकमा खटिए सवारी नियम उल्लंघन गर्ने र मापसे कारबाहीमा परेकाहरू

वि.सं.२०८१ जेठ १६ बुधवार १६:०१
840
shares
काठमाडौं: मादक पदार्थ सेवन गरी कारबाहीमा परेका सहितलाई ट्राफिक प्रहरीले स्वयमसेवकको रुपमा सडकमा खटाउन थालेको छ । मापसेसहित सवारी नियम मिचेर कारबाही चलाइएका चालकहरूलाई ट्राफिक स्वयंसेवकमा खटाउन थालिएको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको योजना अनुसार सवारी नियम उल्लंघन गर्नेहरूलाई काठमाडौंका विभिन्न चोकमा खटाएको हो । ट्राफिक स्वयंसेवकहरूले सिंहदरबार, माइतीघर, थापाथली चोकसहितमा पुगेर अब सवारी व्यवस्थापनमा सहयोग गर्न थालेका हुन् । लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर नियमको सुरुवात गरेका थिए । गणतन्त्र दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले ‘एउटा सानो प्रयास’ नाम दिएर अनौठो नियम ल्याएका थिए । जसलाई बुधबारदेखि नै कार्यान्वयनमा ल्याइएको हो ।
महिला ट्राफिक प्रहरीहरूले महिनावारी हुँदाको चार दिन सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागु गरेका थिए । महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका क्रममा आराम दिएपछि त्यसको विकल्पमा मापसेमा परेकाहरूलाई खटाउन थालिएको हो ।

वि.सं.२०८१ जेठ १६ बुधवार १६:०१