राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत
वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:१०
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आईपुगेका छन् ।
राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा २१ तोपका सलामी दिएको थियो । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, पराराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति थियो । विमानस्थलबाट कतारका राजा अमिर शीतल निवास प्रस्थान गरेका थिए ।
कतारका राजा अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका राजा अमिर थानीले मङ्गलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गर्नुहुनेछ । त्यस्तै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्नुहुने रात्रीभोजमा सरिक हुने कार्य तालिका रहेको छ ।
वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:१०