YouTube Link

कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

Facebook Link

 

काठमाडौं: नेपालसँग कूटनीतिक, आर्थिक एवं जनसम्बन्ध समेत रहेको मित्रराष्ट्र कतारका राजा अमिर शेख तामिम विन हमद अल थानी आज र भोलि दुई दिनका लागि नेपालको भ्रमणमा आउने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निम्तोमा कतारका अमिर नेपाल आउने दिन आज सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

थानीको भ्रमणका क्रममा नेपालले लाभ लिन सक्ने ठाउँ प्रशस्त छन् । भ्रमणका क्रममा दुई देशवीच सहयोग आदान-प्रदान सम्बन्धी महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षरको तयारी छ । खेलकूद क्षेत्रमा फड्को मारेको कतारले नेपाललाई यस क्षेत्रमा धेरै ठूलो सहयोग पुर्याउन सक्छ । धनी देश कतारबाट नेपालको कषि, उद्योग र पर्यटनको क्षेत्रमा लगानी भित्र्याउने वातावरणका रुपमा पनि यो भ्रमणलाई लिन सकिन्छ ।

 

कतारी राजाको भ्रमणबाट कतारमा कार्यरत नेपालीहरुमा सकारात्मक प्रभाव पार्न सक्छ । यो भ्रमणले कतारमा नेपालीहरुको सम्मान बढाउन सक्छ, जुन हाम्रा लागि थप मनोवैज्ञानिक उपलब्धि हुनेछ । कतार र नेपालको सम्बन्धका आयामहरुबारे आर्थिक राजनीतिक विश्लेषण र समीक्षाहरु यो दुई दिनमा हुने नै छन् ।

 

कतारी राजा थानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको र अरु घेरामा अन्य सुरक्षाकर्मी रहने छन् । कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्ने कार्यक्रम तय भएको छ ।  नेपाल आएलगत्तै कतारका राजा राष्ट्रपति कार्यालय शीतलनिवास जाने कार्यक्रम रहेको छ । शीतलनिवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीच नेपाल–कतार द्विपक्षीय सम्बन्धमा छलफल हुनेछ । राष्ट्रपति पौडेलले कतारी राजा थानीको स्वागतमा बेलुका रात्रिभोजको आयोजना गर्दैछन् । पर्सी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजाबीच द्विपक्षीय वार्ता हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...