Rajshow Bivag

मध्यपुरथिमि बोडेमा मनाईयो जिब्रो छेड्ने जात्रा

Departmant of helth services

 

काठमाडौं: भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीस्थित मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो ।

 

सुजनले गएको वर्ष पनि जिब्रो छेडाएका थिए । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ । दैवी शक्तिलाई आधार मानेर प्राचीनकादेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

 

 

किंवदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको किम्वदन्ती रहेको छ ।

 

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...