YouTube Link

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरुको सहभागी हुने

World Cup 2026
Facebook Link

 

काठमाडौं: फागुन १८ गते शुक्रबारदेखि सुरु हुने भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन् ।

 

नारायणी नदी किनारमा उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै चितवन जाँदै छन् । सरकार गठबन्धनका सहयात्री दलहरुमध्ये नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी सहभागी हुने भरतपुर महानगरपालिकाले जानकारी दिएको छ ।

 

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु सबैको लागि मन्तव्यको समय पनि निर्धारण गरिएको छ । अन्य पूर्व प्रधानमन्त्रीको सहभागितालाई सामान्य लिए पनि निरन्तर गठबन्धन सरकारको आलोचना गर्दै आएका एमाले अध्यक्ष ओलीले सहजै भरतपुर महानगरको निमन्त्रणा स्वीकार गर्नुलाई राजनीतिक कोर्ष परिवर्तनको सुरुआतको रुपमा विश्लेषण पनि गरिएको छ ।

 

दुई चरणमा सञ्चालन हुने उद्घाटन सत्रमा राष्ट्रिय स्तरका गायक गायिकाहरुको प्रस्तुति रहने छ भने भरतपुर महानगरका ५० हजारबढी मानिस भ्रमणवर्ष उद्घाटनमा सहभागी गराउने महानगरले तयारी गरेको छ । उद्घाटन अघि बिहान ११ बजे भरतपुरका विभिन्न स्थानबाट र्याली सहित मानिसहरुको सहभागिता रहने तालिका महानगरले सार्वजनिक गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...