नेकपाबाट पूर्वमाओवादीका लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने पक्का, सपथ भोलि
वि.सं.२०७६ मंसिर ४ बुधवार १७:२३
777
sharesकाठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मन्त्री बन्ने दुई नामको टुंगो लागेको छ । पूर्वमाओवादीको कोटाबाट लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने लगभग पक्का भएको छ ।
माओवादी कोटाबाट मन्त्री बन्न लागेका कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । चौधरीको ठाउँमा कसलाई राज्यमन्त्री बनाउने भन्ने टुंगो लागेको छैन ।
यस्तै पूर्वएमालेको कोटाबाट मन्त्री बनेका क–कसलाई हटाउने र नयाँ कोको हुने भन्ने पनि टुंगिएको छैन । यद्यपि आज हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लाग्ने र सपथ भने भोलि हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
वि.सं.२०७६ मंसिर ४ बुधवार १७:२३