Texas College
YouTube Link

पुनर्गठित मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूको सपथ आज, नयाँ मन्त्रीलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराउने

Facebook Link

काठमाडौं: पुनर्गठित मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूको सपथ बिहान ११ बजे हुने भएको छ । नयाँ मन्त्रीहरुलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएको छ । लामो कसरतपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

नयाँ मन्त्रिमण्डलमा ९ जना भित्रिएका छन् भने अघिल्लो मन्त्रिमण्डलबाट ९ जना नै बाहिरिएका छन् । भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मन्त्रिपरिषदबाट बाहिरिएका छन् । यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका प्रसाद यादव, कृषिराज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्यमन्त्री सुरेन्द्र यादव सरकारबाट बाहिरिएका छन् ।

नयाँ मन्त्रीपरिषद्‌मा हृदयेश त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । वसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात, पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक, मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...