YouTube Link

गम्भीर भएर देशका बारेमा सोच्नुपर्ने अवस्था आएको छ: ओली

Facebook Link

 

काठमाडौं: नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरूलाई देशप्रति जिम्मेवार हुन आग्रह गरेका छन् ।

 

अध्यक्ष ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धेरै प्रकारका खतराबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको पनि स्पष्ट पारे ।

 

ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुःखद अवस्था आएकाले उनको स्मरणमा आफ्नो पार्टीले ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताए ।

 

ओलीले भने, ‘हामी संविधान दिवस पनि मनाइरहेका छौं । आज संविधान, सुवासचन्द्र नेम्वाङ र उहाँका योगदानको सन्दर्भमा मात्रै केन्द्रित भएर चर्चा गर्न चाहन्छु । साँच्चै गम्भीर भएर देशका बारेमा सोच्नुपर्ने अवस्था आएको छ । आज सबै दल र पक्ष मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र धेरै प्रकारका खतराबाट हामी जेलिदैँ छौं । उहाँको योगदानको सम्मान र प्रशंसा गर्दै ती उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ ।’

 

अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे । ओलीले  भने, ‘मलाई के लाग्छ भने आज देश जहाँ पुगेको छ । यतिबेला सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था, साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ । आज सबै पार्टी, सबै पक्षहरु मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्रभने धरै प्रकारका खतराहरुबाट हामी जेलिदैछौं । त्यो गम्भिर परिस्थिति छ। त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरुको कर्तव्य हो यो ।’

 

उनले धेरै ठूलो बलिदानीबाट देशमा अहिलेका अधिकार प्राप्त भएकाले गुम्न दिन नहुने बताए । त्यसका लागि प्रमुख दलहरु गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । उनले थपे, ‘प्रमुख राजनीतिक दलहरु जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन। जिम्मा, जमानी बसेर धेरै बलिदान भएको छ । जिम्मा, जमानी बसेर धेरैका घरबार, परिवार उजाड भएका छन । प्रमुख राजनीतिक दलहरुको आह्वानमा धेरैले जीवन आहूति गरेका छन् । धेरैको क्षति भएको छ । धेरै ठूलो हिसाव गर्न नसकिने क्षति हामीले व्यहोरेर यो ठाउँमा आइपुगेका छौं । यी आजको उपलब्धिहरु जे छन् । यी यतिकै होइन आकाशबाट आएका होइनन् । यी बलिदानसँग, जीवनसँग, रगत र पसिनासँग, आँशु, कठिनाईहरुसँग जुधेर यहाँ ल्याई पुर्याएका छौं । यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...