YouTube Link

बढुवाका लागि शक्तिकेन्द्र दौडधुपमा सशस्त्रका एसपीहरू

Facebook Link

 

काठमाडौं: सशस्त्र प्रहरी बलमा रिक्त १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको बढुवामा बढुवा समितिले सिफारिस गर्ने तयारी गरिरहेका बेला राजनीतिक चलखेल सुरू भएको छ ।

 

सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले राजनीतिक व्यक्तिलाई भेटघाट गरेमा वा गृहमन्त्रालय जाँदा असम्बन्धित मन्त्रालय गएको भेटिएमा कारबाही गर्ने चेतावनी दिएपनि पँहुचवाला राजनीतिक व्यक्तिको घर घरमा एसपीहरू पुगेका छन् ।

 

बढुवा समितिले सिफारिस गर्ने तयारी गरिरहेका बेला स्वतः उम्मेदवारहरूले बढुवा हुनका लागि राजनीतिक लबिङमा लागेका छन् । केही व्यक्तिको राजनीतिक लबिङका कारण बढुवा प्रक्रिया धकेलिएको छ ।

 

सशस्त्रमा १२ वरिष्ठ उपरीक्षकका लागि १९ प्रहरी उपरीक्षकले आवेदन दिएका छन । सशस्त्र प्रहरी उपरीक्षकहरू राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनिया, ध्रुव कार्की, रमेश पाण्डे, तीर्थराज पौडेल,रविनराज करन्जीत,विरसिंह साहु, जनक पुरी,नेत्र कार्की, सूर्य सेन ओली, तेजप्रसाद पोख्रेल, यादव विक, विकाश घिमिरे, टोपबहादुर खनाल, नरेन्द्र बम, अशोक बम, जहरसिंह बोहोरा र बिरेन्द्र ऐरले बढुवाका लागि आवेदन दिएका छन । यी बाहेक पछिल्लो टोलीका केहिले समेत आवदेन दिएपनि उनीहरूको बढुवा हुने सम्भावना न्यून रहेको छ ।

 

सशस्त्रका केही विवादास्पद पृष्ठभूमि भएका एसपीहरूले बढुवा पाउनका लागि राजनीतिक लबिङ गरेका कारण राम्रा उम्मेदवारहरू बढुवा पाउनबाट बञ्चित हुने अवस्था आएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कार्यक्षमताका आधारमा बढुवा गर्ने मनस्थितिमा रहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...