YouTube Link

पत्रकारितासँगै निर्देशकीय भूमिकामा जम्दै मोहन कार्की

Facebook Link

 

काठमाडौं: बिनोद कार्कीको शब्द संयोजन तथा रामकृष्ण थापाको संगीतमा शिव सागर खड्का र गायिका शान्ति श्री परियारको आवाजमा रहेको ‘ए हो कति राम्रो रामेछापको सिन कहिले होला तिमी र म सँगै हुने दिन ।‘ बोलको गीतमा मोहन कार्कीको निर्देशनमा म्यूजिक भिडियो आउने भएको छ ।

 

कार्की पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । कार्कीले माइली उपन्यास पनि बजारमा ल्याई सकेका छन् भने अब उनी म्यूजिक भिडियोको निर्देशकीय भूमिकामा समेत देखा परेका छन् । म्यूजिक भिडियोलाई जनआकाश मिडिया प्रा.लि. ले निर्माण गरेको हो ।

 

जनआकाश साप्ताहिकमा कार्यरत सञ्चारकर्मी समेत रहेका विनोद कार्कीको शब्द संकलनमा रहेको उक्त गीत रामेछापको गाऊँले परिवेशलाई झल्काउने लोकजीवन एवं प्राकृतिक सुन्दरताले रामेछाप घुम्न आउने पर्यटकलाई आकर्षणमा पार्ने गरी गीतको शब्द संयोजन गरेका छन् ।

 

निर्देशनमा चुनौति भएतापनि गीतको भावना गाऊँले परिवेशको स्मृति अनि नयाँ कर्मप्रतिको रुचीका कारण पत्रकारितामा स्थापित भएजस्तै निर्देशनमा समेत स्थापित हुन दर्शक स्रोता माझ यस म्यूजिक भिडियोमा निक्कै मिहिनेत गरेको बताउँछन् निर्देशक मोहन कार्की ।

 

म्यूजिक भिडियो निर्देशकः मोहन कार्की

 

उक्त म्यूजिक भिडियोको सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् भने कृष्ण रसालले कोरियोग्राफी गरेका छन् ।  ड्रोन चालकमा कृष्ण ब्लोन रहेका छन् । म्यूजिक भिडियोका लागि काठमाडौं लगायत रामेछापका सुन्दर स्थानमा छायांकन गरिएको छ । म्युजिक भिडियो निर्माणका लागि राजन महतराका साथै रामेश्वर जिरेल समेतको संलग्नता रहेको छ ।

 

म्यूजिक भिडियोमा नवीन गौतम र बविता पोखरेलको मुख्य अभिनय रहेको छ भने कल्पना कार्की, सविना गर्बुजा कृष्ण पुन, नरेश पुन, केशव पुन, विनिता भण्डारी, लक्ष्मण नेपाल, कविर श्रेष्ठ, सविन गुरुङ र मन्दिप पुन, करिश्मा पुन लगायत स्थानीय कलाकारहरुले अभिनय र नृत्य गरेका छन् ।

 

गीतको रचनाकारः विनोद कार्की

 

उक्त म्यूजिक भिडियो जनआकाश साप्ताहिकको १६औं बार्षिकोत्सवको अवसर पारेर नेपाल-प्रज्ञा प्रतिष्ठान कमलादीमा विमोचन गर्ने कार्यक्रम रहेको निर्देशक मोहन कार्कीले जानकारी दिए । साथै उक्त अवसरमा ‘स्रष्टा र सृर्जना सम्मान-२०८०’ समर्पण गरिने कार्यक्रम समेत रहेको कार्कीले जानकारी गराए । साथै यसै बर्षदेखि नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीजलाई जनआकाश मिडियाले विशेष बनाउन २०८० असार २० गतेबाट साउन ५ गतेसम्म तीज गीत छनौटको लागि रचना पठाउन आव्हान गरेको थियो । प्राप्त रचनामध्ये उत्कृष्ट एक जनालाई सोही अवसर पारेर सुसेली सम्मान प्रदान गर्ने कार्यक्रम समेत रहेको निर्देशक मोहन कार्कीले जानकारी गराए । सोही उत्कृष्ट ‘सुसेली’ तीजलाई जनआकाश मिडियाले निर्माण गरेर तीज अगावै म्युजिक भिडियोको रुपमा ल्याउने समेत जानकारी गराएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...