YouTube Link

राष्ट्रिय स्वतन्त्र पार्टीले आज वार्षिकोत्सव मनाउँदै

Facebook Link

 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम गर्ने भएको छ ।

 

वार्षिकोत्सवको अवसरमा दिउँसो १ बजेदेखि सुरु हुने चियापानमा सबै राजनीतिक दलका मूल नेतृत्वलाई बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लगायत विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।

 

गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ । यो अवधिमा रास्वपाले वृक्षरोपण, देशैभर वडा भेला र वडा समिति गठन, सामुदायिक स्कुल तथा अस्पताल सरसफाइ, रक्तदान आदि कार्यक्रम गरेको छ । साताव्यपी कार्यक्रमको अन्तिम दिन आज चियापानको आयोजना गरेको हो ।

 

रवि लामिछानेको नेतृत्वमा स्थापना भएको रास्वपाले एक वर्ष नबित्दै प्रतिनिधिसभामा २१ सिटसहित दरिलो उपस्थिति जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...