उपचारको क्रममा रवि लामिछानेका सवारी चालकको मृत्यु
वि.सं.२०८० वैशाख १९ मंगलवार १६:२१
1.4K
shares
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ ।
उपनिर्वाचनको संघारमा गत वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा उनको निधन भएको हो ।
उनलाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख ५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । थापाका श्रीमती र दुई सन्तान छन् ।
वि.सं.२०८० वैशाख १९ मंगलवार १६:२१



















