YouTube Link

कोभिड अघि कै लयमा फर्किदै पर्यटन

Facebook Link

 

काठमाडौं: कोभिड महामारीले थला परेको पर्यटन करिव कोभिड अघि कै लयमा फर्किएको छ । अप्रिल २०२३ मा विभिन्न देशबाट ९८ हजार ७७३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

 

यो संख्या कोभिडअघि अप्रिल २०१९ को तुलनामा ९०.२८ प्रतिशत हुन आउँछ । उक्त महिना एक लाख ९ हजार ३३९ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।

 

गत वर्षको अप्रिल (सन् २०२२) सँग तुलना गर्दा यस वर्षको सोही महिनामा ३७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ । अप्रिल २०२२ मा ६१ हजार ५८९ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

 

कोभिड महामारी सुरु भएपछि सन् २०२० पर्यटक आगमन स्वात्तै घटेको थियो । सो वर्षको अप्रिलमा १४ जना मात्र पर्यटक आएको तथ्यांकमा उल्लेख छ । कोभिड कम हुँदै गएपछि अप्रिल २०२१ मा २२ हजार ७३२ पर्यटक आएका थिए ।

 

कोभिड महामारी कम हुँदै गएपछि २०२२ देखि नै विदेशी पर्यटक आगमन सुधार हुँदै गएको हो । सन् २०२२ मा कुल ६ लाख १४ हजार पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।

 

अप्रिल २०२३ मा पनि सबैभन्दा बढी पर्यटक भारतबाट नै आएका छन् । एक महिनामा ३१ हजार ४३७ भारतीय नेपाल भ्रमणमा आएको तथ्यांक छ । अमेरिकाबाट ८ हजार ४१३ पर्यटक आएर दोस्रो बनेको छ ।

 

बेलायतबाट ५ हजार ४०९ पर्यटक आएका छन् भने चीनबाट ४ हजार ७७० पर्यटक आएको बोर्डले जनाएको छ । चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि खुला गरेपछि चिनियाँ पर्यटक आगमन बढ्दो ट्रेन्डमा छ । अघिल्लो महिना मार्चमा करिब २ हजार ६०० चिनियाँ नेपाल आएका थिए ।

 

यस्तै, अस्ट्रेलियाबाट ३ हजार ८२८, जर्मनीबाट ३ हजार २४६, फ्रान्सबाट ३ हजार २११, रसियाबाट २ हजार ६६७, बंगलादेशबाट २ हजार २१७ र थाइल्यान्डबाट २ हजार १०२ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

 

यस वर्षको सिजनमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि मात्रै ६५ देशका ४६६ आरोहीले पर्यटन विभागबाट अनुमति पाएका छन्, यो संख्या सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा अहिलेसम्मकै उच्च हो ।

 

सगरमाथा आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चिनियाँ (९६) अमेरिकी (८७) र भारतीय ४० जना अरोही रहेका छन् । यस सिजनमा सगरमाथासहित विभिन्न दुई दर्जन हिमाल आरोहणका लागि ८० देशका १ हजार ७९ पर्यटकले पर्यटन विभागबाट अनुमति पाएका छन् । हिमाल आरोहीहरूको आकर्षणमा सगरमाथापछि लोत्से (८,५१६ मि.) हिमाल परेको छ । यो हिमाल चढ्न १४ टिमबाट १२६ जनाले अनुमति लिएका छन् ।

 

त्यस्तै, नुप्त्से (७,८५५ मि.) आरोहणका लागि ६३, अन्नपूर्ण फर्स्ट (८,०९१ मि.) आरोहण गर्न ५४, थोरोङ पिक आरोहण गर्न ४२, धौलागिरि (८,१६७ मि.) आरोहण गर्न ३५, आमादब्लम आरोहण गर्न ७४, मकालु फर्स्ट (८,४६३ मि.) आरोहण गर्न ५८, कञ्चनजंघा मेन (८,५८६ मि.) आरोहण गर्न ४२ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

 

यस्तै, मनास्लु (८,१६३ मि.) आरोहण गर्न १५, बरुनत्सेका लागि १८, हिमलुङ हिमालका लागि १६, अरनिको चुलीका लागि ९, पुमोरीका लागि १२, थापा पिक (धम्पुस) र जाक्र्या पिकका लागि ८/८, खातुङ खाङका लागि ७, रत्नचुलीका लागि ६, पोङ्ग्री गोल्डुम्बा आरोहणका लागि ६ जना आरोहीले अनुमति लिएका छन् ।

 

अनुमति लिएका कुल आरोहीमध्ये १६३ जना अमेरिकी नागरिक छन् । यस्तै, चीनबाट ११३ जना, अस्ट्रेलियाबाट ३१, अस्ट्रियाबाट १६, ब्राजिलबाट १४, क्यानडाबाट ५१, फ्रान्सबाट ४६, जर्मनीबाट २१, इन्डियाबाट ९०, इरानबाट १२, जापानबाट ५१, मलेसियाबाट १०, मेक्सिकोबाट १६, नेपालबाट ४९, नेदरल्यान्डबाट १२, पोल्यान्डबाट १९, रसियाबाट ५०, दक्षिण कोरियाबाट १६, स्पेनबाट १४, स्विट्जरल्यान्डबाट २१, युक्रेनबाट १३, युकेबाट ६० जना आरोहीले विभिन्न हिमाल आरोहण गर्दै छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...