यस्तो छ पूर्व राष्ट्रपति र उपराष्ट्रपतिका लागि सेवा सुविधाहरु
वि.सं.२०७९ फागुन ३० मंगलवार १०:०४
2.6K
shares
काठमाडौं: सरकारले पूर्वराष्ट्रपतिलाई विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । जसमा २ लाख घरभाडा, मासिक ५० हजार रुपैयाँसहित अन्य सुविधा छन् ।
यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार घरभाडा र मासिक ४० हजार दिने व्यवस्था छ । पूर्वराष्ट्रपति तथा उपराष्ट्रपति लगायत पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले उपलब्ध गराउने व्यवस्था छ ।
काठमाडौं उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भए मर्मतका लागि भत्तासहित मासिक १ लाख रुपैयाँ दिने व्यवस्था छ । घर नभएका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भत्तासहित मासिक ७५ हजार रुपैयाँ छुट्ट्याइएको छ ।
मासिक भत्ता, आवास सुविधासहित गाडी, निजी सचिवालय कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था राज्यले उपलब्ध गराउने मापदण्डमा छ ।
तर, राष्ट्रपति वा उपराष्ट्रपति तथा पूर्वपदाधिकारीले मापदण्ड बमोजिम पाएको सुविधा नलिन वा पाएको सुविधा जुनसुकै बखत पनि फिर्ता गर्न सक्छन् ।
सुविधा प्राप्त गर्ने पदाधिकारी वा विशिष्ट व्यक्तिको मृत्यु भएमा कानुनबमोजिम निकटतम हकदारले सम्बन्धित निकायमा १५ दिनभित्र फिर्ता गर्नुपर्ने हुन्छ ।
वि.सं.२०७९ फागुन ३० मंगलवार १०:०४




















