राजनीतिमा सरकार फेरबदल भइरहन्छ, कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना छः शेखर कोइराला
वि.सं.२०७९ माघ १४ शनिवार १७:०३
1.8K
shares
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा कुनै दिन सरकार बत्र सक्ने सम्भावना रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिमा सरकार फेरबदल भइरहने भएकाले ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बन्न सक्ने सम्भावना रहेको बताए ।
‘राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ’, उनले भने ।
नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताए । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उनले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे ।
नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुनुपर्ने धाराणा राखे । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको धारणा थियो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय राजीव कोइराला र अमृत अर्याल, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लाम्साल, कांग्रेस प्रदेश नं १ संसदीय दलका नेता उद्धव थापा, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का सभापति लीला बल्लभ घिमिरे, महासङ्घ प्रदेश समितिका महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेपाल प्रेस युनियन प्रदेश समितिका संयोजक डिल्लीराम खतिवडा लगायतको उपस्थिति थियो ।
वि.सं.२०७९ माघ १४ शनिवार १७:०३



















