Texas College
YouTube Link

केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल आईपुग्यो

Facebook Link

 

काठमाडौं: चीनको ‘रेलवे फर्स्ट सर्भे एन्ड डीजाइन इन्स्टिच्युट ग्रुप को-अपरेट लिमिटेड’ले केरुङ-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

 

रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल आएको छ । पूर्वसम्भाव्यता अध्ययन भइसकेको आयोजनाको विस्तृत अध्ययन गर्न सोमबार चीनबाट विज्ञ टोली नेपाल आएको हो ।

 

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले चिनियाँ विज्ञ र  विभागसँगको समन्वयमा अध्ययन अगाडि बढाइने जानकारी दिए । प्रवक्ता चित्रकारले यसअघि नै अध्ययनको काम भइसकेको र थप अध्ययन हुने बताए ।

 

चिनियाँ टोलीले भौगोलिक भूबनोट, टनेलिङ, भूकम्पको जोखिम लगायतको विषयमा अध्ययन हुने चित्रकारले बताए । बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत निर्माण गर्नेगरी नेपालले चीनसँग प्रस्ताव गरेको नौ विकास परियोजनामा केरुङ–काठमाडौ रेलमार्ग पनि एक हो ।

 

गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा दुई देशका अधिकारीहरूबीच सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यसअघि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

 

तर, त्यसको तीन वर्षपछि चीनले प्राविधिक सहयोग गर्नेबारे हस्ताक्षर गरेको हो । सम्झौता पत्रअनुसार चीनले सीमापार रेलको सम्भाव्यता अध्ययनका लागि नेपाललाई प्राविधिक सहयोग गर्ने उल्लेख छ । केरुङ-काठमाडौंको ७२ किलोमिटर दूरी रहेको रेलमार्गको सम्भाव्यता अध्ययन गर्न कोरोना महामारीका कारण ढिलाइ हुँदै आएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...