नेपाली कांग्रेसमा देउवाप्रति आक्रोश, पार्टी सभापति र संसदीय दलबाट राजीनामा दिन चौतर्फी दवाव

 

काठमाडौं: पार्टीलाई सार्वजनिक उपस्थितिभन्दा बाहिर पुर्याएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजीनामा दिन दवाव बढेको छ ।

 

पार्टीका नेता तथा कार्यकर्ताले देउवा नेतृत्व असक्ष र अलोकप्रिय भएको भन्दै कांग्रेस नेताहरु पार्टी सभापति र संसदीयदलको नेताबाट राजीनामा दिनुपर्ने वा तत्काल विशेष महाधिवेश बोलाउन माग गरेका छन् ।

 

सभापति देउवालाई संस्थापन पक्षनकै नेताहरुले पनि तत्काल राजीनामा दिएर पार्टीमा आउनसक्ने सम्भावित खतरालाई टार्न सुझाएका छन् ।

 

देउवा समूहमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल लगयतका नेताले देउवाले अब निकास दिनुपर्ने र पार्टीलाई यो अवस्थामा पुर्याएको जिम्मेवारी लिनुपर्ने माग गरेका छन् ।

 

संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले अन्तिम समयमा आएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डले’ धोका दिएको बताएका छन भने महामन्त्री गगन थापाले केही बोलेका छैनन् ।

 

गठबन्धन असफल भएपछि ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भएको छ । सभापति देउवा र डा. आरजु देउवाको हठका कारण यस्तो अवस्था आइलागेको भन्दै कांग्रेसका नेताहरुले नै राजीनामा माग्न थालेका हुन् ।

 

कांग्रेस नेताहरुको भनाइमा अब सभापतिले राजीनामा दिनुपर्छ नभए विशेष महाधिवेशन बोलाउनुपर्छ । कांग्रेस नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जालमा यही विषयलााई उठाएका छन् ।

 

उनले लेखेका छन्, ‘म नै पार्टी, म नै राज्य हुँ’ भन्ने अहंकार, स्वकेन्द्रित निर्णय, चरम सत्ता लिप्साको दुषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै पाँच दलीय गठबन्धन टुटेको छ । भन्दै सभापति देउवाप्रति आक्रोश पोखेका छन्।

 

पूर्वसभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानाले संसदीय प्रणालीमा आस्थागत प्रतिवद्धता भएको नेपाली कांग्रेस संख्याको खेलमा कहाँ चुक्यो ? सत्ताको लोभमा सिद्धान्तसँग अमिल्दो काम गर्दा नेतृत्व र नीतिबारे तुरुन्त सिंहालोकन जरुरी भएको बताएका छन् ।

 

सामाजिक सञ्जालमा कांग्रेस नेता तथा समर्थकले देउवाको हठका कारण संघदेखि प्रदेश सबै ठाउँबाट कांग्रेस विमुख हुनुपरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

 

Nishana Seving AD

NADA AUTO SHOW 2023
Alice Education home sports
टि-२० आईमा पहिलो पटक नेपालले भारतसँग खेल्दै

टि-२० आईमा पहिलो पटक नेपालले भारतसँग खेल्दै

वि.सं.२०८० असोज १५ सोमवार १६:३९

  काठमाडौं: चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पहिलो क्वाटरफाइनलमा...

पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

वि.सं.२०८० असोज १५ सोमवार १६:१७

  काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा...

स्थानीय तहका कर्मचारीहरु सडकमा

स्थानीय तहका कर्मचारीहरु सडकमा

वि.सं.२०८० असोज १५ सोमवार १४:२२

  काठमाडौं: शिक्षक र डाक्टरपछि स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका...

हेर्नुहोस् आज २०८० असोज १५ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० असोज १५ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८० असोज १५ सोमवार ०६:१३

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

वि.सं.२०८० असोज १४ आइतवार १६:१२

  काठमाडौं: प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश भएको छ...

चीन भ्रमणले दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको: प्रधानमन्त्री

चीन भ्रमणले दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको: प्रधानमन्त्री

वि.सं.२०८० असोज १४ आइतवार १५:५६

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई...