YouTube Link

दलहरुबीच नयाँ सरकार गठनको लागि रस्साकसी सुरु

Facebook Link

 

काठमाडौं: प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भएको छ ।

 

निर्वाचनमा कुनैपनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन सरकार बन्ने निश्चित भएसँगै राजनीतिक दलका नेताहरु आन्तरिक तथा द्विपक्षीय औपचारिक अनौपचारिक छलफलमा व्यस्त छन् ।

 

शनिबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरिसकेको छ । वाम एकता, वाम पक्षधरको सरकार बनाउनुपर्ने आवाज पनि उठिरहेका बेला वामइतर समूहलाई पनि सरकार गठनमा बहुमत पुग्ने देखिएको छ ।

 

२७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि साधारण बहुमतका लागि १३८ जना सांसदको समर्थन भए पुग्नेछ । जुन संख्या कम्युनिस्टइतर समूहसँग पुग्ने देखिन्छ ।

 

औपचारिक रूपमा निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक नगरे पनि लगभग कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने निश्चितजस्तै भइसकेको छ ।

 

प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकततर्फ पनि कुन दलले कति सिट पाउनेछन् भन्ने अनुमान लगाउन सकिने अवस्था छ । हालसम्मको विवरण अनुसार नै कम्युनिस्टइतर समूहललाई सरकार बनाउन बहुमत पुग्ने देखिएको हो ।

 

सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिने हुँदा इतरसमूहबाट सोही संख्यामा सांसद निर्वाचित भएका छन् । ५७ सिट प्रत्यक्षमा जितेको कांग्रेसले समानुपातिकबाट ३२ सिट पाउने देखिन्छ । जन अनुसार कांग्रेसको ८९ हुनेछ । कांग्रेसकै नेता अमेरशकुमार सिंह स्वतन्त्रबाट निर्वाचित भएका छन् । उनको समेत जोड्दा ९० सांसद पुग्नेछ ।

 

प्रत्यक्षमा सात सिट जितेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १४ सिट पाउनेछ । उसको जम्मा २१ जना सांसद रहने देखिन्छ । सात सिट जितेको राप्रपाले समानुपातिकमा सात सिट नै पाउँदा १४ जना सांसद हुन्छन् ।

 

निर्वाचनमा राप्रपाले एमालेसँग तालमेल गरेको थियो । राप्रपा वामपन्थी पार्टी होइन । ऊ दक्षिणपन्थी पार्टी भएकाले सरकार बनाउने बेला उसको भूमिका कस्तो रहन्छ अहिले नै खुलिसकेको छैन । राप्रपाका नेताहरूले सरकारमा नजाने बताउन थालेका छन् ।

 

एक सिट प्रत्यक्षमा जितेको सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा चार सिट पाउनेछ । उसका पाँच सांसद प्रतिनिधिसभामा रहनेछन् ।

 

यसैगरी प्रत्यक्षमा तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीसँग एक स्वतन्त्र सांसद छन् । रेशम चौधरीका बाबु लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।

 

तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्ने अवस्थामा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट जितेको छ ।

 

प्रभु साह सहित केही तीन स्वतन्त्र सांसद कतै खुलेका छैनन् । साह एमालेको टिकट लिएर अन्तिममा सो पार्टीबाट नभई स्वतन्त्र उम्मेदवारी दिएर जितेका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...