YouTube Link

सेटिङ गरेर आफ्नै उम्मेदवारलाई हराएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रमा कारबाहीको माग सहित उजुरी

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरमा सेटिङ गरेर आफ्नै उम्मेदवारलाई हराएको भन्दै केन्द्रमा उजुरी परेको छ ।

 

जिल्ला सभापतिमाथि नै कारबाहीको माग गर्दै ४७ जनाले दिए सामूहिक उजुरी दिएका हुन् । मकवानपुर सभापति राजकुमार न्यौपानेमाथि चुनावमा कांग्रेसका नेता तथा उम्मेद्वार ईन्द्र बानीयासँग सेटिङ गरेर आफ्नै पार्टीको उम्मेदवार हराएको नेता-कार्यकर्ताले आरोप लगाउदै केन्द्रमा कारबाहीको माग सहित उजुरी परेको हो ।

 

न्यौपानेले स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई लिएर नेपाली कांग्रेसका वागमती प्रदेश सभापति एवम् क्षेत्र नम्बर २ ‘ख’ का उम्मेदवार इन्द्रबहादुर बानियाँको घरमा गएर विभिन्न प्रलोभनमा पारेको पत्रमा उल्लेख छ । सेटिङबारे आफूहरूसँग प्रमाण रहेको र प्रमाणसहित केन्द्रीय समितिमा इमेल गरिएको सुरेशको दाबी छ ।

 

सभापति न्यौपानेलाई कारबाहीको माग गर्दै स्वतन्त्र पार्टीका वागमती कोषाध्यक्ष तथा मकवानपुर-१ का उम्मेदवार समेत रहेका टाकाराज थापा ‘सुरेश’ नेतृत्वको टोलीले हस्ताक्षर अभियान चलाएको खुलेको छ । पार्टीका ४७ जना नेता-कार्यकर्ताले हस्ताक्षर गरेर मंसिर १२ गते नै केन्द्रीय कमिटीमा इमेलमार्फत पत्र पठाइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...