YouTube Link

राष्ट्रपतिको अन्तर्वार्ता प्रशारण नहुँदा शितल निवासमा खैलाबैला

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपालका एक चर्चित टेलिभिजनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लिएको अन्तर्वार्ता प्रसारण नगरेपछि शितल निवासमा खैलाबैला मच्चिएको छ ।

 

अन्तर्वार्ता लिएको दुई हप्तासम्म प्रसारण नगरेपछि मुलुकको सर्बोच्च व्यक्तित्वको अन्तर्वार्ता रोकिएकोले राष्ट्रपति र उनको सचिवालयले यस विषयलाई लिएर सोधखोज गरेको छ ।

 

एपीवान टेलिभिजनका प्रधान सम्पादक तथा कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’का प्रस्तोता टीकाराम यात्रीसँगको अन्तर्वार्ताको प्रसारण दुई पटक रोकिएको हो ।

 

प्रस्तोता यात्रीले मंसिर २ गते दुई वटा प्रोमो फेसबुकमा सार्वजनिक गर्दै त्यही दिन राती ९ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी गराएका थिए ।

 

प्रोमो सार्वजनिक भएलगत्तै मौन अवधिमा राष्ट्रपतिको अन्तर्वार्ता प्रसारण वाञ्छनीय नहुने सुझाव प्राप्त भएपछि शुक्रबारका लागि तय भएको प्रसारण स्थगित गरिएको विषय प्रस्तोता यात्रीले फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

 

‘हामीले प्रोमो सार्वजनिक गरे लगत्तै निर्वाचन आयोग तथा विभिन्न दलका शीर्ष नेतृत्व तहबाट यसबारे चासो व्यक्त भएको र निर्वाचन अवधिको स्थिर समयमा राष्ट्रपति ज्यूको अन्तर्वार्ता प्रशारण वाञ्छनीय नहुने सुझाव हामीलाई प्राप्त भएका कारण उक्त अन्तर्वार्ता निर्वाचनको मतदानपछि आइतबार राति मात्र प्रसारण गरिने जानकारी गराउदछौं,’ यात्रीले लेखेका थिए ।

 

 

यात्रीले भनेबमोजिम उक्त अन्तर्वार्ता मंसिर ४ गते राती प्रसारण हुनुपर्ने थियो । तर, हालसम्म पनि उक्त अन्तर्वार्ता प्रसारण भएको छैन । राष्ट्रपति कार्यालयले पनि अन्तर्वार्ता के कति कारणले रोकिएको हो भन्ने प्रष्ट जानकारी प्राप्त नभएको बताएको छ ।

‘अन्तर्वार्ताको प्रोमो पनि सार्वजनिक भयो तर प्रसारण रोकियो । हामीलाई निर्वाचन आयोगको ध्यानाकर्षणका कारण भनिएको थियो । हामीले आयोगमा बुझ्दा त्यस्तो पाएनौं । के कति कारणले रोकिएको प्रष्ट जानकारी प्राप्त भएको छैन’ राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालको भनाई छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...