YouTube Link

सर्वोच्च अदालतद्वारा तोसिमाको उम्मेदवारी कायम राख्न आदेश

Facebook Link

 

काठमाडौं: ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

यसअघि अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमा सोमबार सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न नमिल्ने निष्कर्ष निकालेको छ ।

 

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भन्दै त्यसलाई लाभको पदको परिभाषाभित्र राखेर आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

 

त्यसविरुद्ध अदालत पुगेकी कार्कीको उम्मेदवारी खारेज नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । त्यस अन्तरिम आदेशविरुद्ध आयोगले दिएको निवेदनउपर सुनुवाइ गर्दै अदालतले तोसिमा लाभको पदमा रहेको भन्न नमिल्ने भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

 

‘निवेदिका नियमित रुपमा पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदमा बहाल रहेको वा त्यस प्रकारको सुविधा लिएको नभइ मेडिकल काउन्सिलबाट अनुगमन गर्दाको सन्दर्भमा भ्रमण भत्ताजस्ता अस्थायी वा भैपरी प्रकृतिको सामान्य रकम भुक्तानी लिएको भन्नेसम्म देखियो’, आदेशमा भनिएको छ, ‘यसरी भुक्तानी लिएको कुरालाई नै आधार मानेर नेपालको संविधानको धारा ८७(१)(ङ) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(ङ) को प्रयोजनका लागि लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने देखिएन ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...