YouTube Link

सर्वोच्च अदालतद्वारा तोसिमाको उम्मेदवारी कायम राख्न आदेश

Facebook Link

 

काठमाडौं: ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

यसअघि अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमा सोमबार सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न नमिल्ने निष्कर्ष निकालेको छ ।

 

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भन्दै त्यसलाई लाभको पदको परिभाषाभित्र राखेर आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

 

त्यसविरुद्ध अदालत पुगेकी कार्कीको उम्मेदवारी खारेज नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । त्यस अन्तरिम आदेशविरुद्ध आयोगले दिएको निवेदनउपर सुनुवाइ गर्दै अदालतले तोसिमा लाभको पदमा रहेको भन्न नमिल्ने भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

 

‘निवेदिका नियमित रुपमा पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदमा बहाल रहेको वा त्यस प्रकारको सुविधा लिएको नभइ मेडिकल काउन्सिलबाट अनुगमन गर्दाको सन्दर्भमा भ्रमण भत्ताजस्ता अस्थायी वा भैपरी प्रकृतिको सामान्य रकम भुक्तानी लिएको भन्नेसम्म देखियो’, आदेशमा भनिएको छ, ‘यसरी भुक्तानी लिएको कुरालाई नै आधार मानेर नेपालको संविधानको धारा ८७(१)(ङ) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(ङ) को प्रयोजनका लागि लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने देखिएन ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...