YouTube Link

‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ भन्ने मूल नाराका साथ नेसपाको प्रतिबद्धतापत्र सार्वजनिक

Facebook Link

 

काठमाडौं: डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

 

प्रतिबद्धता पत्र नाम दिइएको घोषणापत्रमा नेपाल समाजवादीले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’लाई मूल नाराको रूपमा अघि सारेको छ ।

 

आइतबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता जनाइएको छ । जसमा नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीलाई समेटिएको छ ।

 

यसैगरी भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पनि नेपाल समाजवादीले आफ्नो एजेण्डा प्रस्तुत गरेको छ ।

 

सस्तो र भरपर्दो स्वास्थ्य सेवा, सरकारी विद्यालयबाटै प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा उपलब्ध गराउने उल्लेख गरिएको घोषणापत्रमा हरियो, सफा र खुल्ला सहर बनाउने एजेण्डा सो पार्टीले समेटेको छ ।

 

सबैको राम्रो स्वास्थ्य, जनता केन्द्रित आर्थिक विकास, सबैलाई विश्वस्तरीय शिक्षा, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचाररहित सरकार, चुस्त सेवा दिने सरकार, सामाजिक न्याय/समानता र वातावरणमैत्री जीवनशैलीलाई मुख्य बुँदा समेटेर घोषणापत्र सार्वजनिक गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...