Texas College
YouTube Link

सत्ता गठबन्धनले यसरी गर्दैछन् प्रदेश सभातर्फको सिट बाँडफाँट

Facebook Link

 

काठमाडौं: पाँच दलीय सत्तारुढ दलले प्रतिनिधि सभामा पाएको सिटको दोब्बर पाउने गरी प्रदेश सभातर्फको सिट बाँडफाँट गर्ने भएका छन् ।

 

३३० क्षेत्र रहेको प्रदेश सभाको बाँडफाँटका लागि आइतवार दिउँसो गठबन्धनका कार्यदलबीच छलफल चलिरहेको छ । आइतबारदेखि प्रदेश सभाको क्षेत्र केन्द्रित भएर गठबन्धन छलफलमा जुटेका हुन् ।

 

प्रतिनिधि सभाको १४८ सिट भागवण्डा टुंगो लगाएका गठबन्धनले बाँकी टुंगो लगाउनुअघि प्रदेश सभाबारे छलफल थालेका हुन् ।

 

प्रतिनिधि सभामा अहिलेसम्म सहमति भएका क्षेत्रलाई मात्र आधार बनाउँदा पनि कांग्रेसले प्रदेश सभाको १५० क्षेत्र पाउने निश्चित छ ।

 

माओवादी केन्द्रले ९०, एकीकृत समाजवादी पार्टीले ३०, जसपाले २४ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने निश्चित छ ।

 

प्रदेश सभाका अब बाँकी ३४ क्षेत्र मात्रै बाँडफाँट गर्न बाँकी छ । तर, यो आधारलाई मात्र चार दलले मानेका छैनन् । राष्ट्रिय जनमोर्चाले प्रदेश तर्फको ७ सिट हुनुपर्ने आफ्नो बटमलाइन बताएको छ ।

 

यस्तै जसपाले पनि ५० सिट दाबी गरेको छ । मधेस प्रदेश, प्रदेश १ का केही क्षेत्रमा आफ्नो प्रभाव राम्रो रहेको जसपाको दाबी छ ।

 

एकीकृत समाजवादीले कम्तीमा ७० सिट प्रस्ताव गरेको छ । आइतबारदेखि बल्ल प्रदेश सभाको सिटका विषयमा छलफल सुरु भएकोले टुंगो लाग्न समय लाग्नसक्ने नेताहरु बताउँछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...