राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धनले संयुक्त वक्तव्य जारी गर्दै
वि.सं.२०७९ असोज ५ बुधवार १२:२१
2.8K
shares
काठमाडौं: सत्ता गठबन्धनका पाँच दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको भण्डाफोर गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सकिएको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै पाँच दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने भएका हुन् ।
गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा छलफल बैठक बोलाइए पनि राष्ट्रपतिकै कदमको विषयमा बैठक केन्द्रित भएको नेताहरुको भनाइ छ ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले मंगलबार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भएपनि नगरेर संविधानको उलंघन गरेकी हुन् । राष्ट्रपतिको कदमपछि राजनीतिक माहोल तातेको छ ।
वि.सं.२०७९ असोज ५ बुधवार १२:२१




















