राष्ट्रपति भण्डारीलाई पूर्वराष्ट्रपति यादवले राजीनामा दिन आग्रह गरेपछि युवा नेता अर्यालको आयो यस्तो कटाक्ष
वि.सं.२०७९ असोज ५ बुधवार ११:४०
2.8K
shares
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि अहिले ठुलै हलचल मच्चिएको छ ।
उक्त विधेयक प्रमाणीकरण गर्ने समय सीमा हिजो मंगलबार मध्यराति सकिएको हो । यसपछि राष्ट्रपतिको पछिल्लो कदमपछि नयाँ बहससँगै पक्ष र विपक्षमा टिकाटिप्पणी भैरहेका छन् ।
केही संविधानविद् र नेताहरूले राष्ट्रपतिले संवैधानिक प्रावधान अनुसार आफ्नो उत्तरदायित्व निर्वाह नगरेको दाबी गर्दै उनले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
तर भण्डारीको सचिवावयले उनले संविधान अनुरूप नै काम गरेको दाबी गरेको छ ।
यसैबीच प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका युवा नेता राजेन्द्र अर्यालले पूर्व राष्ट्रपति रामवरण यादवको अभिव्यक्तिमाथि जवाफी टिप्पणी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- “प्रधान सेनापति रुक्माङ्गत कटवाललाई हटाउन तत्कालीन प्रधानमन्त्री प्रचण्डले तत्कालिन राष्ट्रपति रामवरण यादव समक्ष पठाएको सिफारिस अस्वीकार गरी फिर्ता पठाउँदा त्यो चाहिँ संबिधान सम्मत देख्ने महामहिम यादवज्यूले जनभावाना अनुसार सिङ्गो राष्ट्रका पक्षमा हालको नागरिकता सम्बन्धी विधेयक तोकिएको समयभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा चाहिँ संबिधान बिपरित देख्ने ? यो कस्तो रोग हो ?”
त्यस्तै युवा नेता अर्यालले भारतीयहरुले नेपाली नागरिकता लिएको तथ्यांक पनि प्रस्तुत गरेका छन् । स्मरणीय छ भन्दै उनले पोष्ट गरेका छन् ।
https://www.facebook.com/permalink.php?story_fbid=pfbid02jdeH1DJ3DT1ExkUDHWbWFqqnDtznVGbSh4xg4tMEoeDZPfnJmPy979gZaxAgtZ2Jl&id=100078377022146
स्मरणीय छः
२०५८ सालमा भारतीय बिदेश मन्त्री जसवन्त सिहले नेपालको भ्रमण गरेर भारत फर्कियपछि लोक सभा सभासद डा. रघुबंस सिंहले नेपाल भ्रमणका सन्दर्भमा उठाएको प्रश्नको जबाफमा उनले तीन वटा सवाल उठाएको भनेका थिए । जसमा, माओवादी हिंसाका कारण तराईमा रहेका ४८% भारतीय नागरिकको सुरक्षाको कुरा उठाएको र कतिपय नागरिकता बिहिन रहेका भारतीयहरुको नागरिकता र उनीहरुको सेटलमेन्टको कुरा गरेको भनी जवाफ दिएका थिए ।
नेपालको संबिधान २०१९ बनेर कार्यान्वयनमा आएपछि भारतीय पत्रिका द स्टेस्म्यानले जुन ६, १९८२ तारिखको अंकमा र अर्को पत्रिका द इकोनोमिक्सले १६ अगस्ट १९८२ को अंकमा त्यहाँको बिदेश मन्त्रालयको विज्ञप्तीलाई हवला दिँदै नेपालमा रहेका ३८ लाख भारतीय मध्ये २३ लाख ८७ हजार ९२३ ले नागरिकता प्राप्त गरेको र अब नागरिकता लिन १४ लाख भारतीय बाँकी रहेको कुरा उल्लेख गरेका थिए ।
नेपालको १२ बुँदे दिल्ली शान्ति सम्झौताका मास्टर माइन्ड र पूर्व राजदूत श्याम शरणले आफ्नो पुस्तक हाउ ईन्डिया सिज द वर्ल्ड को पेज १७० मा नेपालमा मधेसीको नाममा ४० लाख भारतीयहरुले नेपाली नागरिकता लिएको उल्लेख गरेका छन ।
त्यस्तै प्रोफेसर मुकेश कुमार सिंहले आफ्नो पुस्तक नेपाल एन्ड चाइना फरेन पोलिसि को पेज १९ मा पहिलो मधेश आन्दोलन पस्चात ४० लाख भारतीय नेपाल प्रबेश गरेर नागरिकता लिएको खुलासा गरेका छन । त्यस्तै राजनाथ सिंह गृहमन्त्री रहेको बेलामा भारतको संसद्मा संबोधन गर्दै नेपालमा रहेका भारतीय मध्ये ३३ % ले नागरिकता लिएको भनेका थिए ।
वि.सं.२०७९ असोज ५ बुधवार ११:४०



















