समानुपातिकको टुङ्गो लगाउन कांग्रेस र एमालेको वैठक बस्दै्
वि.सं.२०७९ असोज २ आइतवार ०९:३३
1.2K
shares
काठमाडौ :आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारको नाम टुङ्गो लगाउन नेपाली का)ग्रेस र नेकपा एमालेको बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसन लागेको हो । बिहान ९ बजे बैठक शुरु हुने कांग्रेसले जनाएको छ ।
आजको बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरुबाट अन्तिम सूची बनाउने बताइएको छ । कांग्रेसले आठजना सहमहामन्त्रीहरुलाई कस्टरिङअनुसार समानुपातिक उमेदवारको सूची बनाउने जिम्मा दिएको थियो ।
यस्तै आजै नेकपा एमालेको पनि सचिबालय वैठक बस्दैछ । ११ बजेबाट सचिबालय बैठक बस्ने एमाले स्रोतले जनाएको छ ।
वि.सं.२०७९ असोज २ आइतवार ०९:३३




















