उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष निलम्वनमा पर्ने
वि.सं.२०७९ भदौ ३० बिहीवार १४:५७
1.4K
shares
काठमाडौ : निर्वाचनमा उम्मेदवार भएको उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्षसम्म निलम्वन हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालोसूचीमा राख्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उम्मेदवारले एक महिनाभित्र खर्च सार्वजनीक नगरे ६ वर्ष कालो सूचीमा राख्ने बताएका हुन् ।
कालो सूचीमा परेका उम्मेदवारले ६ वर्ष फेरि उम्मेदवार बन्न नपाउने उनको भनाइ छ ।
वि.सं.२०७९ भदौ ३० बिहीवार १४:५७




















