YouTube Link

केपी ओली र शेखर कोइरालाबीच दुई घण्टा भेटवार्ता

Facebook Link

 

काठमाडौं: गठबन्धन दलबीच भागबण्डा विवाद नमिलिरहेका बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा वार्ता भएको छ ।

 

अध्यक्ष ओली गृहजिल्ला झापा जानुअघि कोइराला बिहीबार बालकोट पुगेर दुई घण्टा लामो समय भेटवार्ता गरेका हुन् ।

 

आगामी मंसिर ४ को संसदीय निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग मुख्य तालमेल गरेर अघि बढेपछि कोइरालाले एमालेसँग गरेको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

बालकोटमा दुई नेताबीच भएको वार्ताको पुष्टि कोइराला र ओली दुवैको सचिवालयले गरेको छ । स्रोतका अनुसार उक्त वार्ता आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो ।

 

कांग्रेसको १४औं महाधिवेशनपछि देउवाले आफूलाई पेलिरहेको गुनासो गरेका शेखरले मंसिरमा हुने निर्वाचनका लागि ४० प्रतिशत उम्मेदवारी दिनुपर्ने माग गरिरहेका छन् ।

 

उता देउवा गठबन्धन दलसँगै वार्तामा केन्द्रित भइरहेका बेला शेखरले पनि एमालेसँग संवाद गरेका हुन् ।

 

कांग्रेसमा आगामी निर्वाचनपछि बहुमत ल्याउने रणनीति सहित गठबन्धनमा सय सिटको दाबी गरिरहेको छ । तर बिहीबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस ९० सिटमा झर्न तयार भएको छ ।

 

यस्तोमा ९० सिट आसपासमा झरेर सहमति गर्ने तयारी देउवाको छ । उता शेखर समूहले पार्टीमा मागेजति भाग नपाएको अवस्थामा चाल्न सकिने विकल्पका लागि पार्टीबाहिर पनि छलफल थालेको हो । त्यही अन्तर्गत शेखर बालकोट पुगेका छन् ।

 

स्रोतका अनुसार कांग्रेसमा शेखर समूहले देउवाले पेलेरै अघि बढेको अवस्थामा आगामी निर्वाचनमा कांग्रेसले छाडेका स्थानमा एमालेसँग मिलेर उम्मेदवारी दिने रणनीति समेत बनाएको बुझिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...