Rajshow Bivag

केपी ओली र शेखर कोइरालाबीच दुई घण्टा भेटवार्ता

Departmant of helth services

 

काठमाडौं: गठबन्धन दलबीच भागबण्डा विवाद नमिलिरहेका बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा वार्ता भएको छ ।

 

अध्यक्ष ओली गृहजिल्ला झापा जानुअघि कोइराला बिहीबार बालकोट पुगेर दुई घण्टा लामो समय भेटवार्ता गरेका हुन् ।

 

आगामी मंसिर ४ को संसदीय निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग मुख्य तालमेल गरेर अघि बढेपछि कोइरालाले एमालेसँग गरेको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

बालकोटमा दुई नेताबीच भएको वार्ताको पुष्टि कोइराला र ओली दुवैको सचिवालयले गरेको छ । स्रोतका अनुसार उक्त वार्ता आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो ।

 

कांग्रेसको १४औं महाधिवेशनपछि देउवाले आफूलाई पेलिरहेको गुनासो गरेका शेखरले मंसिरमा हुने निर्वाचनका लागि ४० प्रतिशत उम्मेदवारी दिनुपर्ने माग गरिरहेका छन् ।

 

उता देउवा गठबन्धन दलसँगै वार्तामा केन्द्रित भइरहेका बेला शेखरले पनि एमालेसँग संवाद गरेका हुन् ।

 

कांग्रेसमा आगामी निर्वाचनपछि बहुमत ल्याउने रणनीति सहित गठबन्धनमा सय सिटको दाबी गरिरहेको छ । तर बिहीबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस ९० सिटमा झर्न तयार भएको छ ।

 

यस्तोमा ९० सिट आसपासमा झरेर सहमति गर्ने तयारी देउवाको छ । उता शेखर समूहले पार्टीमा मागेजति भाग नपाएको अवस्थामा चाल्न सकिने विकल्पका लागि पार्टीबाहिर पनि छलफल थालेको हो । त्यही अन्तर्गत शेखर बालकोट पुगेका छन् ।

 

स्रोतका अनुसार कांग्रेसमा शेखर समूहले देउवाले पेलेरै अघि बढेको अवस्थामा आगामी निर्वाचनमा कांग्रेसले छाडेका स्थानमा एमालेसँग मिलेर उम्मेदवारी दिने रणनीति समेत बनाएको बुझिएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...