Texas College
YouTube Link

अर्थमन्त्री शर्मालाई आफ्नैबाट ‘ब्याकफायर’

Facebook Link

 

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्मा यतिखेर बिबादको शिखरमा रहेका छन् । उनले ल्याएको बजेटका कारण उनी बिबादमा तानिएका हुन ।

 

उनले बजेटलाई अन्तिम रुप दिदै गर्दा बाहिरी विज्ञको रुपमा भूतपूर्व नायब सुब्बालाई ल्याएको खबर एक दैनिक पत्रिकाले छापेपछि विवादले झन उग्र रुप लियो ।

 

संसदमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीको असक्षमता मात्र केलाएनन् उनले राजिनामा नै माग । संसदमा यतिका कुरा उठेपछि उनकै पार्टीभित्र पनि शर्माबिरुद्ध तीव्र असन्तुष्टि पैदा भएको छ ।

 

जसका कारण पार्टीभित्रैबाट पनि उनलाई अर्थमन्त्रीबाट गलहत्याएर निकाल्नका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई दबाब दिईएको छ । शर्मालाई पहिलेल्यैबाट मन नपराउने पार्टीका उच्च तहका नेताहरुले दबाब दिएपछि पार्टी अध्यक्ष प्रचण्ड अहिले सोचमग्न अवस्थामा रहेका छन् । यस विषयमा छलफल गर्नका लागि अहिले माओवादी केन्द्रले सचिवालय बैठक नै बोलाएको छ ।

 

अर्थमन्त्री शर्माका कारण जनताका सामु लज्जाशरम् भएकोले पार्टीभित्र जनताको विश्वास घट्दै गएको भन्दै उनलाई अर्थमन्त्रीबाट फिर्ता बोलाउनका लागि अहिले पार्टीभित्रकै केही नेता लागिपरेका छन् ।

 

उनीहरुले अर्थमन्त्रीलाई जसरी पनि मन्त्रीबाट खुस्काउने र त्यो पदमा अर्को नेतालाई पठाउने गरी माओवादीभित्र एउटा गिरोह नै लागिपरेको बताईन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...