१६ जनाको शव भेटियो, मौसमले साथ नदिएपछि खोजी कार्य स्थगित
वि.सं.२०७९ जेठ १६ सोमवार १५:४७
1.9K
shares
काठमाडौं: तारा यएरको दुर्घटना भएको जहाजमा सवार २२ मध्ये १६ जनाको शव भेटिएको उद्धार कार्यमा खटिएको टोलीले जनाकारी दिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य अहिले मौसमका कारण स्थगित भएको छ ।
भौगोलिकरुपमा विकट र जोखिमयुक्त ठाउँमा दिउँसोदेखि पानी पर्न थालेको र कुहिरो लागेकाले उद्धारकर्तालाई अप्ठ्यारो भएकोले अहिले खोजी कार्य स्थगित भएको हो ।
पोखराबाट आइतबार बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०: ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए ।
तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।
वि.सं.२०७९ जेठ १६ सोमवार १५:४७




















