YouTube Link

न कांग्रेसको विश्वास, न एमालेको साथ

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसारको अभियानमा सत्तारुढ दल नेपाली कांग्रेस निकै अघि बढिसकेको छ ।

 

एक्लै जान डराइरहेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले गठबन्धन चिर्वाचनसम्म नै कायम रहने भन्दै आएका छन् ।

 

माओवादी र एकीकृत समाजवादीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालले देख्न सकेको छैन । एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादीका नेता र कुनै समय एउटै पार्टी बनाएर सँगै रहेका माओवादी नेतालाई एमाले अध्यक्षले हरेक सभा सम्मेलनमा कटाक्ष गर्दै आएका छन् ।

 

वास्तवमा माओवादी र एकीकृत समाजवादीले न त सत्तारुढ दल कांग्रेसको नै साथ पाउन सकेका छन् न एमालेको विश्वास जित्न नै ।

 

एक्लै निर्वाचनमा गए पराजय व्यहोर्नु पर्ला भन्ने डरले निर्वाचनमा होमिन हच्किरहेका छन् ।

 

निर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुनेछ । यी दुई दल तुलनात्मक रूपमा अरुभन्दा बलिया देखिन्छन् ।

 

सत्तामा सहकार्य गरिरहेका कारण बलिया देखिएकामध्ये कांग्रेससँग दुवै दल गठबन्धन गर्न चाहन्छन् । तर, गठबन्धनबारे सहमति भएको छैन ।

 

आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचन शान्ति प्रक्रियामा आएपछि माओवादीले सामना गर्ने चौंथो निर्वाचन हो ।

 

निर्वाचनमा माओवादी विभाजनको पीडासहित जाँदै छ, यसकारण पनि उ थप डराइरहेको छ ।

 

उत्साहका साथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान कास्कीको पोखरामा भने, ‘मधेसको ४\५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक\बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ । हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुन्छ भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।’

 

प्रचण्डको कांग्रेससँग गठबन्धन गर्न चाहँदाचाहँदै उक्त पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापालगायत नेताहरूले गठबन्धनविरोधी अभिव्यक्ति दिइरहेका छन् ।

 

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने हालसम्म गठबन्धन गनुपर्ने पक्षमा छन् । गठबन्धनका दलहरूलाई भड्काउने गरि अभिव्यक्ति नदिन उनले निर्देशनसमेत दिएका छन् । तर, गठबन्धनविरोधी अभिव्यक्ति आउन रोकिएको छैन ।

 

स्थानीय निर्वाचन आउन भने ५४ दिन बाँकी छ । माओवादी दोस्रो पटक स्थानीय निर्वाचनमा जाँदै छ । नेकपा एकीकृत समाजवादी भने पहिलो पटक निर्वाचनमा जान लागेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...