संसद भवन अगाडि शंकास्पद वस्तु फेला
वि.सं.२०७८ फागुन १६ सोमवार ११:४४
2.8K
shares
काठमाडौं: नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनको पश्चिम गेटनजिक शंकास्पद वस्तु फेला परेको छ ।
संसद भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।
अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।
त्यो वस्तु बम भए/नभएको पहिचान गरी डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरी स्रोतले बताएको छ ।
वि.सं.२०७८ फागुन १६ सोमवार ११:४४



















