एमसीसी सम्झौताको विरोधमा आज विप्लव लगायतको नेपाल बन्द
वि.सं.२०७८ फागुन १६ सोमवार ०८:०१
काठमाडौँ : हिजो आइतबाको प्रतिनिधिसभा े बैठकबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुई मोर्चाले बन्दको आह्वान गरेका छन् ।
बन्दको आह्वान गरेपछि बन्द गराउँदै हिडेका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् ।
चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।
वि.सं.२०७८ फागुन १६ सोमवार ०८:०१