YouTube Link

पहिलो मिडिया अवार्ड, क-कसले पाए ? क-कसले लिए ?

Facebook Link

 

 

काठमाडौं: आयोजना अघि नै विवादमा परेको ड्रिम हाइ नेपालले आयोजना गरेको पहिलो मिडिया अवार्ड अधिकांस पत्रकारको बहिष्कारकाबीच सम्पन्न भएको छ ।

 

सोल्टी होटलमा आयोजित अवार्ड कार्यक्रममा पत्रकारभन्दा बढी चलचित्र क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

अवार्ड जित्ने अधिकांस पत्रकार कार्यक्रममा अनुपस्थित रहेका थिए ।

 

अवार्ड कार्यक्रम अगाडि नै धेरैले वहिष्कारको घोषणा गरिसकेकाकाले मनोनयनमा परेकाहरुको नाम नभनि सिधै विजेताको घोषणा गरिएको थियो ।

 

जसले बहिष्कार घोषणा गरेका थिएनन् उनीहरुमध्येबाट विजेता छानिएको हो । त्यसैले कस्ताले अवार्ड पाए भन्ने बहसको विषय नै भएन ।

 

कार्यक्रमका होस्ट दिनेश डिसीले विजेताको नाम घोषणा गर्दा अवार्ड थाप्नेको खडेरी देखिएको थियो । कार्यक्रममा व्यंग्य प्रस्तुत गर्दै हास्यकलाकार जितु नेपालले पहिले मान्छेले अवार्ड खोज्ने गरेकोमा आजकाल अवार्डले मान्छे खोज्ने गरेको बताए ।

 

मनोरञ्जनको विधामा कलम चलाउने एक मात्र विसुद्ध पत्रकार विजय आवाज थिए । उनी अनलाइनखबर डटकमा रिपोर्टिङ गर्छन् । अवार्ड लिँदै गर्दा उनी खासै उत्साहित भने देखिएका थिएनन् ।

 

टिभी प्रस्तोताको विधामा अभिनेत्री रिमा विश्वकर्माले अवार्ड पाइन् । चलचित्र सम्वन्धी अवार्डको झल्को दिँदै रिमाले अवार्ड लिएपछि छोटो आफ्नो भनाई पनि राखेकी थिईन् ।

 

यसअघि घोषणा नै नगरिएको मोस्ट पपुलर जर्नालिस्ट अर्थात् सर्वाधिक लोकप्रिय पत्रकारको अवार्ड ऋषि धमलालाई दिइयो ।

 

सोल्टी होटलमा आयोजित अवार्ड कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ तर्फ ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारको अवार्ड पुराना पत्रकार भैरव रिसाल, चलचित्रकर्मी नीर शाह र वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ ।

 

कार्यक्रमको अध्यक्षता आयोजक संस्था ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले गरेका थिए । प्रमुख अतिथिमा भने विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ थिए ।

 

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल उपस्थित थिए । उनले छोटो भाषण गर्दै पत्रकारितामा नौलो अभ्यास प्रारम्भ भएको र आफू रोमाञ्चित बनेको बताए ।

 

ड्रिम हाइ नेपालका कमल जिसीले निराशाकैबीच उत्साह जगाउन प्रयास गरे । उनले अवार्ड कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने दावी गरे ।

 

को-कसले पाए अवार्ड ?

 

१९ विधामा मनोनयन सार्वजनिक गरिएको भएपनि १८ विधामा मात्रै अवार्ड घोषणा गरिएको थियो ।

 

विजेताहरु यसप्रकार छन् :-

 

बेस्ट राइजिङ रिपोर्टर

अनिश भट्टराई :इकागज डटकम (बहिष्कार)

 

बेस्ट फोटो जर्नालिस्ट

वर्षा शाह :देशसञ्चार डटकम (बहिष्कार)

 

बेस्ट कार्टुनिस्ट

बासु क्षितिज :अन्नपूर्ण पोष्ट (बहिष्कार)

 

बेस्ट आर्ट एन्ड इन्टरनेटमेन्ट

विजय आवाज :अनलाइनखबर

 

बेस्ट स्पोर्ट्स जर्नालिस्ट

सरीता श्रेष्ठ :ग्यालेक्सी टिभी (बहिष्कार)

 

बेस्ट हेल्थ जर्नालस्टि

दिनेश गौतम :अन्नपूर्ण पोष्ट (बहिष्कार)

 

बेस्ट सोसियल स्टोरी जर्नालिस्ट

नारायण अधिकारी :नेपाल लाइभ (बहिष्कार)

 

बेस्ट विजनेस जर्नालिस्ट

रञ्जु काफ्ले :राइजिङ नेपाल (बहिष्कार)

 

वेस्ट युट्यूव क्रियटर

विद्या चापागाईं (बहिष्कार)

 

बेस्ट युट्युव च्यानल

ओम अग्रवाल :ओएसआर डिजिटल

 

बेस्ट रेडियो जर्नालिस्ट

अर्जुन पोखरेल :उज्यालो एफएम

 

बेस्ट टिभी प्रोग्राम होस्ट

रिमा विश्वकर्मा :कमेडी च्याम्पियन

 

बेस्टी टिभी रियालिटी शो

विशाल भण्डारी :कमेडी च्याम्पियन

 

बेस्ट टिभी जर्नालिस्ट

नरायण किलम्बू :कान्तिपुर टेलिभिजन (बहिष्कार)

 

बेस्ट इन्भेस्टिगेटिभ जर्नालिस्ट

प्रकाश बहादुर सिंह :दि हिमालयन टाइम्स (बहिष्कार)

 

बेस्ट टिभी न्यूज प्रिजेन्टर

अनिता बिन्दू :नेपाल टेलिभिजन (बहिष्कार)

 

बेस्ट प्रिन्ट प्रिन्ट जर्नालिस्ट

सुरेन्द्र काफ्ले :अन्नपूर्ण पोष्ट (बहिष्कार)

 

मोस्ट पुपुलर जर्नालिस्ट

ऋषि धमला

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...