ओली भेट्न बालकोट जाँदै देउवा
वि.सं.२०७८ पुस २४ शनिवार १०:५९
2.4K
shares
काठमाडौं: नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जान लागेका छन् ।
संसद गतिरोधका विषयमा ओलीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।
यसअघि बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीलाई भेटेका थिए ।
आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त गरेको भन्दै २३ भदौ यता एमालेले सांसदका बैठकमा नाराबाजी गर्दै आएको छ ।
वि.सं.२०७८ पुस २४ शनिवार १०:५९



















