YouTube Link

ओली मनाउने जिम्मा देउवालाई

Facebook Link

 

काठमाडौं: उच्चस्तरीय राजनीतिक संयन्त्रले  संसद्  गतिरोध अन्त्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिईएको छ  ।

 

गतिरोध अन्त्यका लागि ओलीसँग सल्लाह गर्ने र संसदीय गतिरोध अन्त्यका लागि देउवालाई समितिले जिम्मा दिएको हो ।

 

आज(शुक्रबार)  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो । जस अनुसार ओलीलाई भेट्न देउवा वालकोट जाने भएका छन् ।

 

यस्तै वैठकले राष्ट्रियसभा सदस्य  निर्वाचनमा सत्ता गठबन्धनका उमेदवारहरूलाई जिताउन सात वटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय भएको  छ ।

 

पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ ।

 

गठबन्धनभित्र नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई ५-५, जनता समाजवादी पार्टी (जसपा)लाई २ र राष्ट्रिय जनमोर्चालाई १ सिट छुट्ट्याउँदै उम्मेदवारी दिइएको छ ।

 

राष्ट्रियसभाका रिक्त हुन लागेका १९ सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हुँदैछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...