प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीको बारे गराए ध्यानाकर्षण
वि.सं.२०७८ पुस २ शुक्रवार १३:५१
2.4K
shares
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आज बिहानको भेटमा प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापति देउवामार्फत बधाई तथा शुभकामना प्रदान गरेका प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यसैबीच भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाउँदै ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन पालना नगरेको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाउँदै सोमपाल कामी र बलर कमलसिंह ऐरीको ६ महिनाको तलब रोक्का गर्ने बुधबार निर्णय गरेको थियो ।
वि.सं.२०७८ पुस २ शुक्रवार १३:५१



















