YouTube Link

नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन आज, पार्टी कार्यालयमा निर्वाचन समितिको बैठक बस्दै

१३ वटा जिल्लामा सबै तहको अधिवेशन गरिसके पनि बाँकी जिल्लाले भने अहिलेसम्म पालिका तहको अधिवेशन मात्रै सम्पन्न

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत आज प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ ।

 

१३ वटा जिल्लामा सबै तहको अधिवेशन गरिसके पनि बाँकी जिल्लाले भने अहिलेसम्म पालिका तहको अधिवेशन मात्रै सम्पन्न गरेका छन् ।

 

आन्तरिक विवादका कारण केहि जिल्लामा पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ भने केहीमा आन्तरिक सहमतिमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन एकैदिन गर्ने सहमति भएको छ ।

 

चार जिल्लामा विवादको कारण प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन स्थगित भएको छ भने बाँके जिल्लामा आज हुनेछ । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र केन्द्रीय महाधिवेशन मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुनेछ ।

 

यसैबीच निर्वाचन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा आजदेखि सुरु हुने प्रदेशसभा क्षेत्र अधिवेशनबारे थप छलफल गर्ने बताईएको छ ।

 

बैठकमा बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि भइरहेको वडा अधिवेशनको बिषयमा पनि छलफल हुनेछ । यस्तै विभिन्न जिल्लाबाट आएका उजुरी र निर्वाचन हुन नसकेका ठाउँमा समन्वय गर्नेजस्ता कार्यका लागि  निर्वाचन समितिको बैठक बस्न लागेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...